Nepali Unicdoe

नेपाली अक्षरहरू (युनिकोडमा) लेख्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Sep 10, 2018

फेसबुकले खोल्दैछ सिंगापुरमा डाटा सेन्टर, १ खर्बको लगानी


फेसबुकले सिंगापुरमा आफ्नो नयाँ डाटा सेन्टर खोल्ने भएको छ । उक्त डाटा सेन्टर सन् २०२२ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
सिंगापुरमा पश्चिमी भागमा स्थापना हुने उक्त डाटा सेन्टर निर्माणमा १ अर्ब डलर, अर्थात् झण्डै एक खर्ब रुपैयाँ खर्च हुने बताइएको छ ।
त्यसका लागि फेसबुकले ११ तले भव्य भवन निर्माण गर्नेछ ।
विश्लेषकहरुका अनुसार नयाँ डाटा सेन्टरका लागि फेसबुकले सिंगापुर छनोट गर्नु भनेको ठूला प्रविधि कम्पनीहरुमा सिंगापुरप्रति लोकप्रियता बढ्नुको संकेत छ ।
१ लाख ७० हजार वर्गमिटरको क्षेत्रफलमा रहने उक्त डाटा सेन्टरमा सयौँ मानिसले रोजगारी पाउनेछन् ।
फेसबुकका अनुसार उक्त भवन शतप्रतिशत नवीकरणीय उर्जाबाट चल्नेछ । साथै यसमा पानी र उर्जाको खपत न्यूनीकरण गर्ने लिक्विड कुलिङ सिस्टम रहनेछ ।

फेसबुकका अनुसार उक्त प्रणालीबाट पानीको खपतमा २० प्रतिशत सम्मले कमी आउनेछ ।
स्मरणरहोस् सिंगापुर एसियाको चर्चित टेक्नोलोजी हबको रुपमा रहेको छ । त्यहाँ धेरै प्रविधि कम्पनीका मुख्यालय रहेका छन् ।
मुलुकमा विश्वका प्रविधि कम्पनीहरुलाई लगानीका लागि आकर्षण गर्नका लागि सिंगापुरले दशकौँदेखि प्रयास गरिरहेको छ । सिंगापुरमा समृद्ध भौतिक संरचना हुनुका साथै चीन, हंगकंग र अष्ट्रेलियासँगको सम्पर्कका लागि पनि निकै उपयुक्त भौगोलिक अवस्थिति रहेको छ ।

बीबीसी

No comments:

जापानले पठायो श्रम समझदारीको मस्यौदा, प्राविधिक टोली पनि आउँदै

#Copy from Online Khabar १८ पुस, काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाए...