Nepali Unicdoe

नेपाली अक्षरहरू (युनिकोडमा) लेख्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Feb 17, 2019

सिन्धुलीमा पहिलोपटक यति धेरै असिना पानी | बीपी मार्ग 2 घण्टा अबरूद्ध (फोटो सहित | )

Copy From #Janasamar
दिपेश थापा, खनियाखर्क ।
पश्चिमी वायुका कारण माैसम बदली भइरहेकाे बेला सिन्धुली शनिबार ब्यापक असिना परेकाे छ । असिनापानीले वीपी राजमार्गसमेत दुइ घण्टा अबरूद्ध भएकाे  थियाे । सिन्धुलीकाे खनियाखर्क र गढी क्षेत्रमा सडकमा एक फिटसम्म असिना जमेकाे बताइन्छ । असिनामा खेल्ने र तस्वीर खिच्नेकाे भीड नै लागेकाे थियाे । असिना पानीले सिन्धुली खनियाखर्क, तीनकन्था, चपाैली क्षेत्रकाे जुनारमा के कति क्षति पुर्यायाे त्यसकाे विवरण प्राप्त हुन सकेकाे छैन ।

सिन्धुलीको महाभारत क्षेत्रको खनियाखर्क आसपास बाक्लो असिना बर्षा भएको छ । सडकभरि सेताम्मे असिना जमेका कारण बीपी राजमार्ग र खनियाखर्क क्षेत्रमा सवारी साधनहरु चलाउन समस्या परेको स्थानीयले बताएका छन् । एक दशकअघि यो क्षेत्रमा ब्यापक असिनापानी पर्ने गरेको भएपनि केहि समययता यस्तो असिना पानी
परेको थिएन । आज परेको बाक्लो असिनाले अबरुद्ध बीपी राजमार्ग केहिबेर अगाडि एकतर्फी रुपमा खुलेको छ । सडकका जमेको असिना जेसिबी ल्याएर हटाएपछि सवारी आगमन सुचारु भएको प्रहरीले जनाएको छ । बि.स २०३४ सालतिर उक्त क्षेत्र तुसारो पर्दा तीन दिनसम्म हिमालझै हिउँ देखिएको स्थानीय स्मरण गर्छन् ।
जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीका अनुसार, यो असिना पानीले जुनार किसानलाई राहत दिएको छ । गोडमेल र सिँचाई गर्नुपर्ने यो बेला परेको असिनाले जुनार किसानलाई राहत दिए पनि उठाउनेबेला भएको बालीलाई यसले नोक्सानी पुर्यारएको छ ।

खनियाखर्कका स्थानीय ८० वर्षीय भोजराज सापकोटाका अनुसार, सिन्धुलीमा पहिलोपटक यति धेरै असिना पानी परेको यो पहिलोपटक हो ।
खनियाखर्कका शिक्षक चुडाराज शर्माले खानेपानी मुहानमा असिना जमेका कारण धारामा पानी आउन बन्द भएको छ । जुनारका साना बिरुवा र तरकारी बालीलाई असिना पानीले ठूलो नोक्सानी पुर्यारएको छ ।

फोटो हेर्नुहोस् । 






















No comments:

जापानले पठायो श्रम समझदारीको मस्यौदा, प्राविधिक टोली पनि आउँदै

#Copy from Online Khabar १८ पुस, काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाए...